तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड भलिवल प्रतियोगिता सम्पन्न भएको छ । अन्तर विद्यालय गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज (सोमबार) सम्पन्न भएको हो ।

प्रतियोगितामा तेमाल गाउँपालिका वडा नं. ३ मा रहेको श्री भुमे माविले प्रथम हासिल गरि राष्ट्रपति रनीङ शिल्ड हात पार्न सफल भएको छ । प्रथम भुमेमाविले शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

त्यसैगरि तेमाल–६ ठूलोपार्सेलमा रहेको पन्चकन्य मावि दोस्रो हुन सफल भएको छ भने तेमाल–५ मा रहेको नारायणस्थान माबि तेस्रो हुन सफल भएको छ । प्रतियोगितामा ३ वटा विद्यालयहरुको मात्र सहभागीता रहेको थियो । विजेता टीमलाई तेमाल गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सलामसिं तामाङले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको उद्घाटन तेमाल गाउँपालिकाको अध्यक्ष तामाङले रेफ्रीलाई भलिवल हस्तान्तरण गरेर गरेका थिए । तेमाल गाउपालिका खेलकुद विकास समितिका अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङको अध्यक्षतामा भएको उक्त प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत नविन गङतान तामाङ, शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरी, वडा अध्यक्ष विकुलाल मोक्तान लगायतका उपस्थिति रहेका थिए ।

प्रतियोगिताको रेफ्री मणिक तामाङले गरेका थिए भने सञ्चालन खेलकुद विकास समितिका सचिव विलबहादुर तामाङले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।