बौद्धैं । आज शुक्ल पूर्णिम डोल्छ्योग पुजा सहित गुरुलाई सम्मान गरि मनाइयो ।

प्राचीन अनुवाद एकमातृ गुरु संग नेपालको आयोजनमा सस्थाको कार्यलय बौद्धमा डोल्छ्योग पुजा, रियो साङ र सोल्कर गरि ज्ञान दिने गुरु लोपोन ङवाङ ग्यात्सोलाई विद्यार्थीहरुबाट सम्मान गरी गुरुपूर्णिमा मनाइयो ।

‘गु’को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ । अध्याँरोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको मान्यता छ । जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा पढाउनेलाई गुरु भनिन्छ भनिएको छ, मनुस्मृतिमा ।

आफू आचरणमा बसेर अरुलाई आचरणमा राख्न सक्नेलाई स्मृतिमा गुरु भनिएको छ । मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई भनिएको छ । बौद्ध धर्मममा आमाबुबा र गुरुलाई भगवन सरह मानिन्छ । गुरुलाई माता र पितापछिको स्थान दिइएको छ ।

यस सस्थाले निःशुल्क पठनपाठन समेत गर्दै आइरहेका छन् । सेचेन गुम्बाले उप्लब्ध गराइएका लोपोन ङवाङ ग्यात्सो बाट पठनपाठन भइरहेको छ । दिनको १२ बजे देखि २ बजे सम्म सम्भोटा लिपि प्रशिक्षण (आधारभूत कक्षा), झ्योर्लाेक, २ बजे देखि ३ बजे सम्म म्हाणी मोलम, ३ बजे देखि ५ बजे सम्म च्योइ प्रशिक्षण र प्रत्येक शनिबार बिहान ७ देखि ९ बजे सम्म बालबालिकाहरुका लागि लक्षित गरि मञ्जुश्री बाल कक्षा समेत संचालन हुँदै आईरहेको छ ।

Comments

comments