काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिकाको पाँचौ गाउँसभा सोमबार सम्पन्न भएको छ । सो गाउँसभाबाट ४७ करोड ६५ लाख ७१ हजार ४ सय ९८ रुपैयाँ आर्थिक बर्ष २०७६÷०७७ का लागि बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाको अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले प्रस्तुत गरेको बजेटमा पुजिगत बजेटमा २८ करोड ५६ लाख १८ हजार ४ सय ४१ रहेको छ । त्यस्तै चालु खर्चमा १९ करोड ९ लाख ५३ हजार ५७ रुपैयाँ रहेको छ ।
उक्त गाउँपालिकाले वाली र पशु विमाका साथै गाउँपालिकाबासीहरूको स्वास्थ्य विमालाई अनिवार्य गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले प्रस्तुत बजेटमा आन्तरिक आयबाट १६ प्रतिशत रहेको छ भने संघीय सरकार र प्रदेश सरकारबाट ८४ प्रतिशत रहेको छ ।

उक्त पाँचौ गाउँसभामा उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै दुई जना गाउँपालिकाका कर्मचारीलाई सम्मान गरेको थियो । सभाबाट योग प्रसाद उपाध्याय र विनोद तिमल्सिनालाई सम्मान गरेको हो । सम्मानीतहरूलाई नगद पाँच।पाँच हजार सहित प्रमाण पत्रले गाउँपालिकाका तिमल्सिना र प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले सम्मान गरेका थिए ।
उक्त सभाको अवसरमा बेथानचोक गाउँपालिकालाई पूर्ण खोप दिगोपना सूनिश्चतता घोषणा गरेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।