काभ्रेमा बुहारीद्वारा सासुको हत्या
काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका वडा नं. १ स्याङतान टोलमा बुहारीले सासुको हत्या गरेकी छिन् ।
हिजो (सोमबार) राती करिब ८ बजे ६५ वर्षीय माईली तामाङलाई निजकी जेठी बुहारी सुन्तली तामाङले हत्या गरेकी हुन् ।
जिल्ला प्रहरी कार्याल्य, काभ्रेका अनुसार घरायसी बादविबादको कारण लछार–पछार तथा कुटपिट गरी भुईमा पछार्दा टाउको र पेटमा गम्भिर चोट लागेको थियो । गम्भिर घाइते भएकी सासु तामाङलार्य उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपामा ल्याएकोमा राती १२ः३० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले तेमाल अनलाईलाई जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालयका पमुख इन्स्पेक्टर निरञ्जन भट्टाराईको कमाण्डमा टोली खटिई गई कुटपिट गर्ने बुहारी सुन्तली तामाङलाई नियन्त्रणमा लिएको छ । यो घटनामा परिवारका अन्य सदस्य संलग्न रहेनरहेको सम्बन्धमा थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।
स्थानीय अनिल तामाङका अनुसार छोरा बुहारीले मृतकका छोरा बुहारीले उनको कपडा बाहिर फ्याँकेका थिए । ‘हिजो चाहिं बुढीको सबै कपडा फ्याँकेको रहेछ ।’ तामाङले भने, ‘दिनभरि मेरो रोपाईमा गएर आएको, लुगा सबै भिजेको थियो । फेर्ने लुगा छैन भनि रोइरहेकी थिइन् ।’ उनका अनुसार सामान्य झगडा जहिले पनि हुने गर्दथ्यो ।

Comments

comments