काभ्रे । तेमाल गाउँपालिका वडा नं. ७ मा बाटोको अबरोध हटाउँदै गरेको डोजर बाटो माथिबाट पल्टेको ढुंगाले किच्दा ध्वस्त भएको छ । एक साता लामो अविरल वर्षाका कारण अबरुद्ध सडक निर्माण गर्ने क्रममा वडा नं. ७ को मेट्वाल र काल्थार सडकखण्डमा यो दुर्घटना भएको हो ।

तेमाल गाउँपालिकाका प्रवक्ता एवं ७ नं. वडा अध्यक्ष ज्ञानबहादुर तामाङको अनुसार डोजारको चालक भने सकुशल बाहिर निस्कन सफल भएको छ । बा २ क ७१८७ उक्त डोजर (जेसीबी)ले काकलिङदेखि सडक सफा गर्दै आएको थियो ।

‘संक्रान्ति चाडलाई समेत मध्य नजार गरेर वडा कार्यालयको सक्रियतामा बाटो सफा गर्न लागेका थियौं ।’ प्रवक्ता तामाङले तेमाल अनलाईनलाई भने, ‘निक्कै नै दुःख लागेको छ । जनतालाई भनेको बेला सुविधा दिन सकिन ।’ तामाङका अनुसार  मानवीय क्षेति भने नभएकाे र घट्नास्थल तर्फ मंगलटार इलाका प्रहारी कार्यालयबाट प्रहरी जाँदै गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।