काठमाडौं । नेपाली महिलाहरुलाई भारतको मुम्बई शहरमा पु¥याइ यौन धन्दामा संलग्न गराउँदै आएका काँग्रेसबाट निर्वाचित वडा अध्यक्षलाई उच्च अदालत पाटनले सफाई दिएको छ । काँग्रेस नेता अर्जन नरसिं केसीको चर्को दबाव पछि नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष सुनबहादुर तामाङले सफाई पाएका हुन् ।
मुम्बाईमा चार ओटा कोठी सञ्चालन गर्दै आएका तामाङलाई उच्च अदालत पाटनका न्यायधिसद्धय रमेशबहादुर थापा र हरिप्रताप केसीको संयुक्त इजालसले दुई दिन अगाडी ति वडा अध्यक्षलाई सफाई दिएको हो ।
उनीविरुद्ध तीनजना पीडित महिलाले सिआइबीमा जाहेरी दिएपछि उनी पक्राउ परेका थिए । पक्राउ पछि नै उनले मुम्बईमा चार ओटा कोठी सञ्चालन गदै आएको तथ्य बाहिरिएको थियो । यस अगाडी उनलाई जिल्ला अदालत नुवाकोटले ३७ वर्ष छ महिना कैद सजाँय र रु २ लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले २०७४ सालमा उक्त सजाय सुनाएको थियो ।
काँग्रेस कार्यकर्ताहरु हार्षोल्लास मनाउँदै
अदालतको आदेशमा तामाङ रिहाई भएपछि नुवाकोट काँग्रेसले उनी रिहाई भएको खुशीयालीमा सम्मान तथा जाँडपार्टी समेत गरेका छन् ।
पछिल्लो पटक २०७४ पुस पहिलो हप्ता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तामाङलाई दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदी स्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो ।
त्यसलगत्तै काग्रेस नेताहरु केसी, महतलगायतले तामाङको पक्राउले नुवाकोट काग्रेसलाई घाटा पु¥याएकोले जसरी पनि छुटाउनु पर्ने भन्दै दौडधुप बढाएका थिए । अहिले पनि तामाङको भारतमा चार ठाउमा कोठी सञ्चालनमा छ ।

यस्तो छ सुनबहादुरको विगत
०५३ मा प्रहरीले सुनबहादुरसहित चारजनालाई झापाको काँकडभिट्टामा नियन्त्रणमा लिएको थियो । नुवाकोट घ्याङफेदीका चार नेपाली युवतीलाई काँकडभिट्टा हुँदै भारत लैजाँदै गर्दा त्यसबेला नै उनीहरु प्रहरीको घेरामा परेका थिए । सुनबहादुरसहित तीनजना प्रहरीको आँखा छलेर फरार भए । प्रहरीले निमा लामा तामाङलाई पक्राउ ग¥यो । अदालतको आदेशबाट निमा जेल चलान भए ।
सोही मुद्दामा नुवाकोट जिल्ला अदालतले २६ असोज ०६८ मा सुनबहादुरलाई ६ वर्ष कैद सजायसहितको फैसला सुनायो । तर, उनी फरार नै रहे । नुवाकोट घ्याङफेदीकै बेचिएकामध्ये दुई युवती दिल्लीस्थित कोठीबाट भागेर नेपाल फर्के । उनीहरूले ०७१ जेठमा नुवाकोट जिल्ला प्रहरी कार्यालयमा सुनबहादुरबिरुद्ध उजुरी गरे ।
प्रहरीले उनलाई पक्राउ ग¥यो । तर, अदालतबाट पाँच लाख रुपैयाँ धरौटीमा उनी छुटे । त्यसबेला उनले मुद्दा कमजोर बनाउन पीडितलाई अदालतमै उपस्थित हुन दिएका थिएनन् । पछि २०७४ पुसमा थप पीडित महिलाले प्रहरीमा उजुरी गरेपनि उनी वडा कार्यालयबाटै सिविआईको टोलीबाट पक्राउ परेका थिए ।
जिल्ला अदालत नुवाकोटले तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद र टीकाराम तामाङलाई ३० वर्ष कैदसहित जनही रु दुई लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।
छोरा पनि मानव बेचबिखनमा सजाय भोग्दै
प्रहरीका अनुसार उनका छोरा रमेश तामाङ पनि मानव बेचबिखनमा संलग्न छन् । उनी अहिले मानव बेचबिखन मुद्दामा नुवाकोटस्थित कारागारमा सजाय भोगिरहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















