काभ्रे । धुलिखेल नगरपालिका वडा न. ७ हुर्खा मार्ग स्थित विपी राजमार्ग छेउमा आज (विहिबार) विहान ५ बजे पर्खाल भत्केको छ । पर्खाल भत्केपछि पर्खाल मुनिको टहरो र सो स्थानमा भएको ३ घर जोखिममा परेको छ ।
सो पर्खाल भत्केपछि एक घर भने उच्च जोखिममा परेको छ । एक साता लामो अविरल वर्षात र रातभरको वर्षाका कारण पर्खाल भत्केको हो ।
पहिरो बाट स्थानीय विवेकशील टोल विकास समितिका अध्यक्ष चुडामणि पराजुलीको उच्च जोखिममा परेको छ । घटनास्थलमा धुलिखेल वडा नं. ७ का वडा अध्यक्ष रोमी प्रसाद व्याञ्जु लगायतको टोलीले स्थलगत अनुगमन गरेका थिए । वडा अध्यक्ष व्याञ्जुले जोखिममा परेका घरहरुलाई तत्काल के गर्ने भन्ने विषयमा कार्यपालिकामा कुरा राख्ने बताए । यसबाट कुनै मानवीय क्षति भने भएको छैन ।

Comments

comments