तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । दक्षिण कोरियाको नेपाल हाउसमा सम्पन्न किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको ११ औँ महाधिवेशनबाट अध्यक्षमा अग्नि पंधाक मिराक सर्वसहमतिमा निर्वाचित भएको छ ।

महाधिवेशनको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा, चुम्लुङका क्षेत्रीय संघ-संस्थाका अध्यक्षहरू, विभिन्न जातीय संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थितिमा  सम्पन्न भएको छ ।

आज भएको अधिवेशनले कार्यसमितिमको वरिष्ठ उपाध्यक्षमा प्रवेश फियाक, उपाध्यक्षमा सन्तोष खेवा, ज्ञानु फियाक, युबेन तुम्बापो, सपना सेलिङ निर्वाचित भएको छ । त्यसैगरि महासचिमा सागर माङ्मू, सचिवमा विनोद सावादेन, कोषाध्यक्षमा पवित्रा थेबे, सहकोषाध्यक्षमा माया पोमू निर्वाचन भएको हो । सदस्यहरुमा सन्दिप खेवा लिम्बू, देवेन्द्र काङ्भा, खेम चोङ्बाङ, कृष्ण तेयुङ, पृतम लिम्बू, दिर्जमान काङ्भा, कृष्णा फियाक, कामना नेम्बाङ निर्वाचित भएको छ ।

लिम्बु जातिको भाषा, धर्म, पहिचान, संस्कार संस्कृतिको संरक्षण र सम्बर्ध्दन गर्ने उद्देश्यले दक्षिण कोरियामा सन् २००० मा स्थापित संस्थाको ११ औँ महाधिवेशन आइतबार सम्पन्न भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।