अशोक बुद्ध लामा
काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ८ स्थित नर्केमा टिपर दुर्घटना भएको छ ।
आज (आईतबार) दिउँसो विपिराजमार्ग खण्डको नार्केमा रहेको गौरिशंकर क्रसर नजिक दुर्घट्ना भएको हो ।
नेपालथोकबाट बनेपा आउँदै गरेको बा ५ ख २५११ नं.को टिपर दुर्घट्ना भएको थियो । टिपर राजमार्गबाट करिब १५ मिटर तल खसेको स्थानीयले बतायो । ‘तिब्रगतिमा चलिरहेको उक्त टिपर नालमा फसेको थियो ।’ स्थानीय अक्कल तामाङले भने, ‘नालाीबाट टिपर निकाल्न खोज्दा अनियन्त्रित भई दुर्घट्ना भएको हो ।’
टिपर चालक शान्ति कुमार लामा भने सकुसल रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















