तामाङ घेदुङ, मलेसियाको अध्यक्षमा राजेन्द्र वाइबा
क्वालालम्पुर । नेपाल तामाङ घेदुङ, मलेसियाको प्रथम अधिवेशनबाट राजेन्द्र वाईबा तामाङ अध्यक्ष पदमा निर्वाचित भएको छ । आज (आईतबार) सम्पन्न उक्त अधिवेशनले तामाङको नेतृत्वमा २५ सदस्यीय समिति चयन गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा जगत दोङ तामाङ, उपाध्यक्षमा (महिला) साइली तामाङ, उपाध्यक्षमा मिलन थिङ तामाङ, महासचिवमा सबिन तामाङ, सचिवमा छेवाङ तामाङ, कोषाध्यक्षमा बिक्रम वाइबा तामाङ, सह–कोषाध्यक्षमा प्रकाश थोकर तामाङलाई निर्वाचि गरेको छ ।

त्यसैगरि सदस्यहरुमा कुमार लोप्चन तामाङ, श्याम बहादुर तामाङ, दावा घिसिङ, ज्ञानध्वज बोम्जन तामाङ, काजी तामाङ, भोजबहादुर बोम्जन तामाङ, जीतु पाख्रिन तामाङ, खेमबहादुर तामाङ, भुवन वाईबा तामाङ, सविना लोप्चन तामाङ, अजय डिम्दोङ तामाङ, मिलन लामा तामाङ रहेका छन् ।
नेपाल तामाङ घेदुङको संघीय महासचिव महित कुमार तामाङ ( बाबु घिसिङ )को प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनको अतिथिहरुमा नेपाल तामाङ घेदुङ, मलेसियाको संस्थापक श्याम तामाङ घिसिङ, अन्तर्राष्ट्रिय तामाङ परिषदको पुर्बी एशियाका सदस्य फुर्बा दोर्जे मोक्तान, आदिवासी जनजाति महासंघका प्रबक्ता ईश्वर राई, आदिवासी जनजाति पत्रकार महासंघका सदस्य आरएन चौधरी, एन.आर.ए.का सदस्य दिल कुमार केरुङ, दोलखा समाजका रमेश बस्नेत, नेपाली व्यावसायिक समाजका इन्द्र लिम्बु रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका संघीय महासचिव घिसिङले घेदुङको मुल मुद्दामा सबै तामाङ एक हुन जोड दिएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।