काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका वडा नं. ४ जिरोकिलोमा मिनिट्रक र मोटरसाईकल एकापसमा ठक्कर खाँदा १ जनाको मृत्यु र दुईजना घाइते भएका छन् । आज (सोमबार) जिरोकिलो स्थित मेलाम्ची जाने भित्री सडकखण्डमा उक्त दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मेलम्चीबाट पाँचखाल तर्फ आउदै गरेको बा.३.ख ९९९२ नं.को निसान मिनि ट्रक र बिपरीत दिसा बाट जादै गरेको बा.४६.प १५३६ नं मोटरसाईकाल एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनामा परि मोटरसाईकल चालक पाँचखाल न.पा–४ बस्ने बर्ष१७ को संजिब श्रेष्ठ रहेका छन् । दुर्घट्ना हुनासाथ प्रहरीले उनलाई धुलिखेल अस्पताल पु¥याएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
त्यसैगरि दुर्घट्नामा परि घाइतेहुनेहरुमा मण्डनदेउपुर न.पा–११, झगडेडाँडा बस्ने बर्ष १८ को सदिप थापा र पाँचखाल न.पा ४ बस्ने बर्ष १६र१७ को अभिषेक खनाल रहेका छन् । थापाको कम्बर र दाहिने हातमा चोट पुगेको र खनाल भने सामान्य घाइते भएको र स्थानीय मेडिकलमा उपचार पछि घर फर्केको प्रहरीले तेमाल अनलाईनलाई जानकारी दिए । मोटरसाईकलमा तीन जना सवारी थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।