तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । वुमन फर वुमन दक्षिण कोरियाको पाँचौँ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ सर्वसहमतिमा निर्वाचित भएको छ ।

वुमन फर वुमन दक्षिण कोरियाको अध्यक्ष पद्मा श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजदूतावासका कार्यवाहक राजदूत किरण शाक्यको प्रमुख आतिथ्यता, NRNA कोरिया अध्यक्ष लक्ष्मी लामा गुरूङ, एशिया प्यासिफिक महिला संयोजक जुनु गुरुङ, पत्रकार महासंघ कोरिया शाखा अध्यक्ष रञ्जन राज कुँवर लगायत कोरियामा रहेका विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बिशेष आतिथ्यता रहेको थियो ।

नव-निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रुपा गुरुङ, उपाध्यक्षमा कुसला क्षेत्री,  मातृ शोभा राई निर्वाचित भएको छ । त्यसैगरि सचिवमा सुष्मा थापा, सह-सचिवमा मञ्जु गुरुङ, कोषाध्यक्षमा पार्वती लामा, सह-कोषाध्यक्षमा उर्मिला श्रेष्ठ, सदस्यहरुमा विमला राई, डोल्मा हेल्मो निर्वाचित भएको हो ।

हाल १० जनाको नयाँ कार्य-समिति रहेकोमा केही समय पछि सदस्यहरु थपिने जानकारी अध्यक्ष रितु श्रेष्ठले दिएका थिए ।

कार्यक्रम दक्षिण कोरियाको दोङदेमुनमा अवस्थित दर्शन नमस्त रेष्टुरेन्टको सभाहलमा भएको हो ।

कोरियामा सन् २०१० मा महिलाहरुको हकहितको लागि सहयोग गर्न खोलिएको यो संस्थाले विभिन्न सामाजिक कार्यहरु गरिरहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।