• प्रमिला लामा, प्रशिक्षार्थी पत्रकार
रोशी । प्रदेशका सांसद रत्न ढकाल काभ्रेको रोशी गाउँपालिका स्थित बाढी पहिरो प्रभावित क्षेत्रमा निरिक्षण गर्न पुगेका छन् । सांसद ढकाल आज (सोमबार) बाढी पहिरो प्रभावित क्षेत्रको जनतासँग प्रत्यक्ष भेटेर उनीहरुको अवस्थाकोबारेमा बुझेका हुन् ।
असार २६, २७ र २८ गते परेको अविरल बर्षाका कारण रोशी क्षेत्र तथा विपि राजमार्गमा ठूलै धनजनको क्षति भएको थियो । जिल्लाको सबै भन्दा धेरै बाढी पहिरोबाट क्षति पुगेका रोशी गाउँपालिकाको बिभिन्न वडाहरुमा स्थलगतरुप बुझ्नका लागि प्रदेश संसद ढकाल सहित नेकपाका नेतागनहरु रोशी गाउँपालिका पुगेका थिए । संसद ढकालको टोलीले गाउँपालिका प्रमुख दलबहादुर लामा (डिबि)सँग गाउँपालिका पुगेर क्षतिकोबारेमा बुझेका थिए ।

उक्त टोलीमा नेकपाका नेताहरु मिमबहादुर वाईबा (ज्वाला), उज्ज्वल लामा, चन्द्रमाया लामा, रोशी गाउँपालिकाका उपाध्यक्ष लाक्ष्मी बर्ताैला, ९ नम्बरको वडा अध्यक्ष शिशिर लामा, १२ नं को वडा अध्यक्ष राम लामा लगायतका टोलि पुगेका थिए ।
सांसद ढकालको जनतासँग प्रत्यक्ष भेट
वडा नं ९ मंगलटारमा के कति क्षति भयो भन्ने बिषयमा स्थानियहरु सँग सांसद ढकालले छलफल समेत गरेका थिए । सांसद ढकाल सहितको टोलीले बाढीबाट क्षति पुगेको रोशी–११ को शान्ति बुद्ध प्रबिको समेत निरिक्षण गरेका थिए ।

सांसद ढकालले गाउँपालिका भित्र बाढी पहिरोबाट क्षति भएको बिषयमा तत्काल प्रदेश सरकार समक्ष राख्ने र उचित राहतको व्यवस्था गर्न अुनरोध गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘वर्षाका कारण मानविय क्षति सहित धेरैजसो ग्रमिण सडकहरु, खानेपानि र बिद्युत आपुर्तिमा ठूलो क्षति पुगेको देखें ।’ उनले भने, ‘यो बिषयमा सम्बन्धित निकायहरुसँग म कुरा राख्ने छु । यथाशिघ्र म यो समस्या समाधानको लागि पहल गर्नेछु ।’ ढकालले पहिरोमा परि मृत्युभएका रोशी–११ माम्तीको मृतकका परिवारलाई पनि भेटघाट गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।