धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (विप्लब) समूहका केन्द्रिय सदस्य विजय श्रेष्ठलाई प्रहरीले पुनः पक्राउ गरेको छ । सोमबार काभ्रे जिल्ला अदालतले श्रेष्ठलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । विप्लब समूहको पूर्वी ताम्सालिङ इन्चार्ज समेत रहेका श्रेष्ठलाइ पक्राउ गरी रुपन्देही लगेको बुझिएको छ ।
गत जेठ १० गते ललितपुर जिल्ला अदालतको आदेशमा रिहा भएका नेता श्रेष्ठलाई प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरी काभ्रे लाइएको थियो ।
श्रेष्ठको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेलले गरेका थिए । नेता श्रेष्ठलाई प्रहरीले गत चैत्र ८ गते काभ्रे जिल्लाको खानीखोलाबाट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सँगै पक्राउ गरेको थियो ।
पक्राउ परेका नेताहरुलाई हातहतियार तथा खरखजना, राजद्रोह, संगठित अपराध र विस्फोटक पदार्थ सम्बन्धी अभियोग लगाईएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















