काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लब समूह) का महासचिव विप्लवले प्रहरीले पक्राउ गरिएका आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विना सर्त रिहा नगरे योजनाबद्ध प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन् । सोमबार महासचिव विप्लबले विज्ञप्ति निकाली उक्त चेतावनी दिएका हुन् ।
वर्तमान सरकारलाई ‘सामाजिक फासिवादी केपी–पिके सरकार’को संज्ञा दिंदै उनले सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरहेको अवस्थामा हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी आफ्ना केन्द्रीय सदस्य, भ्याली इन्चार्ज तथा जनकलाकार समेत रहेका माइला लामालाई गिरफ्तार गरेकोप्रति घोर भत्र्सना गरेका छन् । उनले जेलमा रहेका आफ्ना स्थायी समिति सदस्य सुदर्शन लगायत सबै राजबन्दीहरुलाई बिना सर्त ससम्मान रिहा गर्न माग गरेका छन् ।
‘केपी—बादल प्रशासनले एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कोतिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झुठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जवर्जस्त युद्धमा धकेली जनतामाथि थप शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको स्पष्टै बुझ्न सकिन्छ ।’ महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘यसप्रति सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, जनपक्षीय शक्तिहरु सचेत हुँदै नयाँ प्रतिरोधमा उत्रिन अब ढिला भैसकेको छ । यदि यो सरकारले कमरेड सुदर्शन लगायतका जेल चलान गरिएका सबै कमरेडहरु र माइला लामा लगायतका सबै गिरफ्तारीमा परेका जिम्मेवार कमरेडहरुलाई बिना शर्त ससम्मान रिहा नगरे हाम्रो पार्टी योजनाबद्ध प्रतिरोध गर्न बाध्य हुनेछ । यसबाट निस्कने प्रतिफलको भागेदार स्वयं यो सरकार हुनेछ ।’
विज्ञप्तिको पुर्णपाठः

Comments

comments