काभ्रे । अविरल बर्षाका कारण काभ्रेको पुष्प व्यवसायीको नर्सरीमा बाढी पसि करोडौ क्षती भएको छ । कर्षाका कारण काभ्रेमा १ करोड ३ लाखको फूल तथा फलफूल नर्सरीमा क्षती भएको छ । अघिल्लो बर्षमा भएको क्षतीको क्षतीपुर्ती नपाउँदै अर्काे क्षती भएको हो ।
बनेपा नगरपालिका वडा नं. १३ का सम्भू लामाले बनेपा नगरपालिका वडा नं. १० मा बुद्ध फलफूल नर्सरी सञ्चालन गर्दै आएका छन् । उनले एक लाख पचास हजार कीवीको विरुवा उमारेको थियो । उनको सो नर्सरीमा बर्षाका कारण बाढी पसेर एक लाख विरुवा क्षती भएको बताएका छन् । उनको नर्सरीमा उत्पादन भएको कीवीको एक विरुवालाई एक सय रुपैयाँ पर्छ । जसअनुसार बाढीका कारण उनको नर्सरीमा एक करोड क्षती भएको नर्सरीका धनी शम्भु लामाले जानकारी दिए ।
‘मैले साँढे एक लाख कीवीको विरुवा उत्पादन गरेको थिएँ, अविरल बर्षापछिको बाढीले पुरेर एक लाख विरुवाको क्षती पुगेको छ । पुष्प व्यवसायी संघ र कृषि ज्ञान केन्द्र काभ्रेको टोली आएर हेरी कृषि ज्ञान केन्द्रमा क्षतीपुतीको लागि बुझाएका छाँै ।’ लामाले भने, ‘सरकारले क्षतीपूर्ती दिन्छ वा दिदैन थाहा छैन तर क्षतीपूर्तीको लागि ज्ञानकेन्द्रमा बुझाएका छाँै ।, मेरो एक करोड बराबरको क्षती पुगेको छ ।’
त्यस्तै अर्का व्यवसायी तथा संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले खेती गर्दै आएका होरीजन फर्ममा गत असारमा बाढी आएपछि डुवानमा परेर ९० लाख बराबरको फूल तथा फूलका बिरुवा क्षती भएको थियो । त्यसको लागि तत्कालीन जिल्ला कृषिविकास कार्यालय काभ्रे मार्फत मन्त्रालयसम्म क्षतीपूर्तीको लाडी पहल गरेपनि हालसम्म एकरुपैया क्षतीपूर्ती नपाएको बताएका छन् । तर यसपालि भने उनको धेरै क्षती नभएको बताएका छन् । उनको यसपालि लगभग ५० हजार बराबरको मात्र क्षती भएको बताएका छन् । ‘गत बर्षमा मेरो फूल खेतीमा बाढी पसेर ९० लाख बराबरको क्षती पुगेको थियो, सो क्षतीको क्षतीपूर्ती हालसम्म पाएको छैन्, तर यस्पाली भने धेरै क्षती भएन, नगरपालिकाले खोला सफाका साथै फराकीलो बनाएकाले बाढी आएपनि खेतीमा भने पसेन ।’
त्यस्तै आर एन फ्लोराको ५ हजार कार्नेसको विरुवामा क्षती पुगेको छ । जसको ५० हजार बराबरको क्षती भएको छ । शोभा फ्लोराको ५० हजार बराबरको, आर एन फ्लोराको ५० हजार बराबरको, मोर्डन नर्सरीको ५० हजार बराबरको र युनिक नर्सरीको ५० हजार बराबरको क्षती पुगेको छ ।
काभ्रेमा पुष्प व्यवसायीको फर्म तथा नर्सरीमा बाढी पसि करोडौको क्षी भएको पुक्ष्प व्यवसायी संघ काभ्रेका उपाध्यक्ष भेषराज दनुवारले बताएका छन् । विभिन्न नर्स र फर्ममा गरी एक करोड ३ लाख क्षती भएको विवरण जिल्ला कृषिा ज्ञानकेन्द्र धुलिखेलमा बुझाएको दनुवारले बताएका छन् । अघिल्लो बर्ष विरेन्द्र श्रेष्ठको फर्ममा भएको ९० लाख क्षतीको पनि क्षतीपूर्ती नपाएको उनले बताएका छन् । ‘काभ्रेमा पुष्प व्यवसायीहरूको नर्सरी तथा फूल फर्ममा बाढी पसेर करोडौँको क्षती पुगेको छ ।, विभिन्न नर्सरी र फर्ममा गरी एक करोड ३ लाख क्षती पुगेको कारण क्षतीपूर्तीको लागि कृषि ज्ञान केन्द्र धुलिखेलमा पेश गरेका छौँ ।’ उनले भने, ‘गत बर्षको पनि क्षतीपूर्ती दिएको छैन्, यसपालि के गर्छ थाहाछैन् ।’
लगानी धेरै भएको कारण पुष्प व्यवसायमा विमा नभएको पनि उपाध्यक्ष दनुवारले बताए । पछिल्लो समयमा एक विमासँग कुरा भैरहेको पनि उनको भनाई छ । कुरा सकारात्मक भएमा पुष्प व्यवसायको पनि विमा हुने उनले बताए ।

Comments

comments