काठमाडौं /नेपाल कम्युनिष्ट पार्टीका उपत्यका व्यूरो इन्चार्ज माइला लामालाई नख्खु जेल चलान गरेको छ । आज (मंगलबार) जिल्ला अदालत ललितपुरमा भएको थुनछेक बहसपछि लामालाई पुर्पक्षका लागि नख्खु कारागार चलान गरिएको हो ।
शनिबार मध्यराति गिरफतार गरिएका नेता लामालाई सरकारले राजद्रोह तथा संगठित अपराधको मुद्दा दायर गरेको छ । लामाको पक्षबाट वरिष्ठ अधिवक्ताहरु एकराज भण्डारी र सुरेन्द्र भण्डारीले वहस गरेका थिए ।
लामालाई एनसेल वम विष्फोटको आरोपमा संगठित अपराध तथा संविधान विपरित गतिविधि गरेको भन्दै राजद्रोहको मुद्दा चलाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















