धेलिखेल । काभ्रे जिल्ला धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले नगर भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यकीय विभिन्न सामाग्री वितरण गरेका छन् । मंगलबार एक कार्यक्रमका बीच नगर प्रमुख व्याञ्जुले उक्त सामग्रीहरु वितरण गरिएका हुन् ।
अपाङ्गता भएका ब्यक्तिहरुलाई ह्विलचियर, छडी, श्रवणयन्त्र सहितका सामाग्री नगर प्रमुख व्याञ्जुले वितरण गरेका थिए । ‘धुलिखेल नगरपालिका भित्र बासोवास गर्ने सवै वर्गको समान विकास तथा उनिहरुको जीवनस्तर सुधार गर्न नगरले उहाँहरुलाई अत्यावश्यक सामग्रीहरु वितरण गरेका हौं ।’ व्याञ्जुले भने, ‘सबै लक्षित वर्गको हितको लागि नगरपालिकाले ‘मेयर गरिवी निवारण कोष’ समेत स्थापना गरी गत आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन गरी विभिन्न कार्यक्रमहरु संचालन गरेका छौं ।’
कार्यक्रममा २५ जना विभिन्न आपाङ्गता भएका ब्यक्तिहरुलाई ह्विचियर, सेतो छडि, श्रवणयन्त्र आदि लगायतका सामाग्रिहरु वितरण गरेको थियो । अपाङ्गता भएका ब्यक्तिहरु मध्ये १५ जनलाई ह्विलचियर, ५ जनालाई सेतो छडि र पाँच जनालाई श्रवणयन्त्र वितरण गरिएको थियो । कार्यक्रममा धुलिखेल नगरपालिकाका उप प्रमुख विमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेल, परिषदका उपाध्यक्ष दिलकृष्ण देवजु लगायत परिषदका सदस्यहरुको उपस्थिति रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















