माईला लामाको गिरफ्तारी पछि काभ्रेका नेकपा नेता दिननाथ गौतमको कडा प्रतिक्रिया
काभ्रे । प्रतिबन्धित नेकपाका नेता तथा जनकलाकार माईला लामाको गिरफ्तारी पछि देशैभरि उनको रिहाई माग गरेका छन् । सामाजिक सञ्जालमा विना सर्त रिहाई गर्नुपर्ने प्रतिक्रिया आउने क्रम रोकिएको छैन् ।
यसैबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश ३ का सदस्य तथा काभ्रेका नेता दिननाथ गौतमले पनि माईला लामाको गिरफ्तारी पछि सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिएका छन् ।
नेकपा विप्लब समूहका नेता कार्यकर्ताहरुलाई गिरफ्तारी, धरपकड र जेल तथा हिरासतमा राखेर तत्कालीन रोकथाम नहुने नेता गौतमले प्रतिक्रिया दिएका छन् । ‘नेकपा बिप्लब समुहका स्थानिय स्तर देखि केन्द्रीय नेतृत्व तहका नेता सुदर्शन देखि माइला लामासम्मको गिरफतारी र धरपकड जेल–हिरासत आदि समाधान होइन ।’ गौतमले लेखेका छन्, ‘तत्कालिन रोकथाम पनि यो हुन सक्दैन ।’
विप्लब र सरकारको दुस्साहसवादी कदम
उनले सरकारलाई मात्र सुझाएका छ्रैनन् विप्लबलाई समेत सुझाएका छन् । हिजोकै जस्तो शैली अप्नाउन खोज्नु विप्लब समूहको दुस्साहसवादी कदम भएको संज्ञा दिंदै नेता गौतमले सरकारले पनि दमन गरेरै ठीक पार्छु भनठान्नु अर्को दुस्साहस हुने बताएका छन् । ‘हिजोसँगै लडेका आत्मिय मित्रहरु आज कोहि सरकार र सत्तामा बसेर प्रहरी परिचालन गर्छन त कोहि बिद्रोही बनेर जेल हिरासतमा छन् ।’ गौतमले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘हिजोकै जस्तो परिस्थिती छ भनेर बिप्लब कमरेडहरुले सोच्नु र हिजोकै शैली अपनाउनु आत्माघाती, दुस्साहासवादी कदम हुन जान्छ । राज्यले पनि दमन गरेर ठिक पार्छु भनेर लाग्नु अर्को दुस्साहास हुन जान्छ ।’
‘तातै खाउँ जलि मरौं’ जस्तै
गौतमले विप्लब समूहलाई ‘तातै खाउँ जलि मरौं’ नगर्न अनुरोध समेत गरेका छन् । ‘१० बर्षसम्म जनयुध्द्धको कष्ट्कर भारी बोकेर भर्खरै बिसाएका जनसमुदायहरुले त्यो अवधिको कष्ट भुलेकै छैन, थकाई मारेकै छैन ।’ उनले प्रतिक्रिया दिएका छन्, ‘यसकारण हिजोकै जस्तो माहौल बनिहाल्छ भनेर सोच्नु “तातै खाउं जलि मरौं “ भने जस्तै हो ।’
सरकारले यो भुल्न मिल्दैन
हिजो बिद्रोह गरेको सक्तिका नेताहरु आज सत्तामा रहेको, छन । हिजो को बिद्रोहको बृत्तिबिकास कसरी भएको थियो भन्नेकुरा सरकारले भुलेको उनको आरोप छ । बलप्रयोग गरेरै ठीक पार्छु भन्ने सरकारको सोंच भए त्यसको मूल्य महंगो पर्ने उनको दावी छ । ‘सत्ताको अधिकार प्रयोग मात्र गर्छु, मेरो काम र कर्तब्य भनेको बलप्रयोग गरेरै भयपनी ठिक पार्छु भन्ने हो भने तेस्को मूल्य पनि महंगै पर्छ ।’ उनले भनेका छन्, ‘यसकारण बिद्रोहिहरुलाई वार्तामै ल्याएर समाधान खोज्नु सबै भन्दा उत्तम हुन्छ ।’
माईला लामालाई रिहा गर
नेता गौतमले माईला लामालाई रिहा गरेर वार्ताको वातावरण बनाउन सरकारसँग मागे गरेका छन् । ‘सर्प जति नै बाङ्गो टिङ्गो भएपनी दुला पस्ने बेलामा सोझिनै पर्छ ।’ उनले भनेका छन्, ‘माइला लामालाई रिहाई गरेर वार्ताको बिस्वासनिय वातावरण बनाउनु नै अहिलेको उत्तम बिकल्प हुन सक्छ । सबैको होस खुलोस् ।’

नेता गौतमले लेखेका छन्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।