बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगर सवारी दुर्घट्ना हुनुका ४ कारणहरु रहेका बताएका छन् । बनेपामा आज (विहिबार) आयोजित सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनीकरण तथा सचेतता अभियान अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ मगरले उक्त कारणहरु बताएका हुन् ।
प्रजिअ मगरले चालकको लापार्बाही, सवारी साधन थपेको थप्यै र सडक विस्तार नगर्नु, पैदल यात्रीले र बर्षौदेखी चलाएको थोत्रो सवारी साधन सवारी दुर्घट्नाको कारण भएका बताए ।
तथ्यांकमा सवारी दुर्घट्ना
मगरले मुलुक भित्र प्रती बर्ष ९ हजार दुर्घटना भएको र प्रती दुर्घटनामा ४ जनाको मृत्यु भएको तथ्यांक रहेको बताए । ‘मुलुक भित्र प्रती बर्ष ९ हजार दुर्घटना भएको छ भने प्रती दुर्घटनामा ४ जनाको मृत्यु भएको तथ्यांक हामीसँग छ ।’ त्यसैगरि उनले २८ लाख सवारी साधन रहेता पनि २५ लाखको मात्र लाइसेन्स रहेकोब ताए । ‘३ लाखसँग अझै पनि लाइसेन्स छैन ।’ उनले खुलासा गरे । उनले सवारी चालक र व्यवसायीलाई जिम्मेवार भएर अगाडि बढ्न अनुरोध समेत गरे ।
त्यसैगरि जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले लाइसेन्स लिदा जेजे प्रकृया पूरा गरेका छ त्यो पूरा गरे मात्र पनि दुर्घट्ना न्यूनिकरण हुने बताए । ‘ट्राफिक नियमलाई आत्मसात गर्नु प¥यो नि तपाईं लाइसेन्स होल्डरहरुले ।’ एसपी सापकोटाले भने, ‘बेस्सरी क्षेतिपुर्ती पाएसी चुप लाग्दो रहेछ । टिपरलाई लाग्ने दोश चालकलाई जान्छ ।’

जसरी दुर्घट्ना भएपनि टिपरलाई मात्र दोष दिएको प्रति सापकोटाले सजक रहन अनुरोध समेत गरे । ‘गापसे, मापसे, लापसे गरी सवारी नचलाउनुहोस् ।’ उनले भने, ‘पनौती साइडमा अलि बढी गापसे गरेर चलाएको खबर आएको छ ।’
‘टिपर हामी बन्द गर्छौं, निर्माण कसरी गर्दोरहेछ हेरौंला’ –बैद्य

कार्यक्रममा बागमती टिफर ब्यबसायी संघका सल्लाहकार सुरकृष्ण बैद्यले काठमाडौंमा टिपर बन्द गरेको प्रति आक्रोस व्यक्त गरे । ‘उपत्यकामा टिपर चलाउन किन नपाउने ?’ बैद्यले भने, ‘काठमाडौमा जाम हुँदा, दुर्घटना हुँदा किन टिपर बन्द ? बरु काठमाडौमा गाडी थप्ने काम बन्द गर । हामी टिपर चलाउदैनौं, निर्माण कसरी गर्दो रहेछ हामी पनि हेरौंला ।’
‘गल्ती नहुँदा पनि पत्रकारले टिपर कै गल्ती भएको समाचार किन’ –अध्यक्ष लामा
बागमती टिफर ब्यबसायी संघका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रवक्ता प्रेम लामाले कार्यक्रममा स्वागत मन्तव्य राख्दै पत्रकारले टिपरको गल्ती नहुँदा पनि गल्ती भएको समाचार लेखेको आरोप लगाएका छन् । ‘दुर्घटना भएपछि रोकिरहेको टिफरमा बाइक ठोकेपनी टिफरले बाइक हान्यो भनेर समाचार लेख्छन् पत्रकारले ।’ उनले भने, ‘सिसि टिभीको फुटेजमा स्पष्ट छ कि टिपरको गल्ती नै छैन तर समाचारको हेडलाइनमा टिपरलाई गल्ती देखाएर आउँछ ।’

लामाले टिपर व्यवसायीले धेरै भन्दा धेरै मार खेप्नुपरेको बताए । ‘हाम्रो लबिङ नपुग्दा र सुरक्षा निकायलाई बुझाउन नसक्दा हामी पछि परेका छौं ।’ एकान्त कुनामा मात्र नवीकरण गर्ने ठाउँ भएकोले नवीकरण गर्न कठिन भएको लामाले बताए ।
‘टिपरको विषयमा एउटा मात्र गलत समाचार लेखेको देखाउनुहोस्’ –अध्यक्ष तिमल्सिना

कार्यक्रममा नेपाल पत्रकार महासंघ, काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले वाग्मति टिपर व्यवसायी संघका अध्यक्ष प्रेम लामाले दिएको अभिव्यक्ति प्रति रोष प्रकट गरे । पत्रकारले दुर्घट्नाको समाचार संप्रेशन गर्दा टिपरको मात्र दोष देखाएको आरोप लामाले गरेपछि अध्यक्ष तिमल्सिनाले रोष प्रकट गरेका हुन् ।

 

तिमल्सिनाले कुनै पनि पत्रकारले लामाले भनेको जसरी समाचार नलेखेको स्पष्ट पारे । ‘तपाईंले भने जसरी हामीले समाचार लेखेका छैनौं ।’ उनले भने, ‘म चुनौति दिन चाहन्छु कि त्यस्तो कुनै पनि खालको समाचार देखाउनुहोस्, महासंघले कार्वाही गर्छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।