• प्रमिला लामा, प्रशिक्षार्थी पत्रकार
रामेछाप । रामेछाप जिल्लाको कठजोर खोला नजिकबाट सेल्फी खिज्दै गर्दा तामाकोशी नदीमा खसेर एक युवतीको मृत्यु भएको छ । मृत्युहुनेमा भक्तपुर महालक्ष्मी नगरपालिका– ६ बर्ष १९ की सर्मिला कर्मचार्य रहेकी छिन् ।

कठजोर खोला नजिकबाट सेल्फी खिज्दै गर्दा खसेर तामाकोशी नदीले बगाएको प्रहरीले जानकारी दिएको छ । सेल्फ खिच्ने क्रममा कर्मचार्यको मृत्यु भएपछि मन्थलीको ऐयरपोर्ट नजिकबाट सुरक्षाकर्मीले उनको शव उद्धार गरेका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालले करिब पाँच किलोमिटर माथिबाट बगाएकाले उपचारको क्रममा कर्मचार्यको ज्यान गएको बताए ।
मृतक युवतीको शव पोष्ट मार्टमको लागि मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको अदालले जानकारी दिए । उनका अनुसार मृतक युवती दोलखा घुम्न जाने क्रममा सेल्फी खिच्दै गर्दा तामाकोशी नदिमा खसेको बुझिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।