बनेपा/ जिल्लाका उत्कृष्ट शिक्षण संस्था मध्येको एक ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको आयोजनामा सञ्चालित Scope of Management व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पनन भएको छ । ज्ञानकुञ्जले आज (सोमबार) कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुको लागी एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा नेपालकै चर्चित Motivator इन्द्र नारायण भैलले विद्याथीहरुलाई Scope of Management सम्बन्धी जानकारी दिए । जीवनमा के बन्ने, जीवनलाई कसरी अगाडी बढाउने, कस्ता मान्छे बन्ने लगाएतका विषयमा प्रशिक्षण दिएका थिए । विद्यार्थीहरुले पढेर मात्र नहुने वताउदै जीवनलाई कसरी अगाडी लैजाने वताएका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्य, व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्य र व्यवस्थापन समिति सदस्य आत्माराम थापाको उपस्थिति रहेका थिए ।
कार्यक्रममा सहायक कलेज प्रमुख, सहायक प्रिन्सिपल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वैद्य लगायतले विद्यार्थीहरुलाई स्वागत तथा आगामि शैक्षिक भविष्य प्रति जिम्मेबार भई विद्यार्थीको जीवनले सफलता र लक्ष्य प्राप्ती गरि राखुन भन्ने कामना पनि व्यक्त गरे ।
प्रबन्ध निर्देशक बैद्यले कक्षा ११ मा अध्ययन गर्न आएका नव आगन्तुक विद्यार्थीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दै स्वागत गरेका थिए ।

निर्देशक वैद्यले सामाजिक रुपान्तरणका लागि आफू भन्दा ठूलालाई आदर, सानालाई माया, स्नेह दिने बानी बसाली समाजमा उदारहणीय व्यक्तित्व बनि विभिन्न दुःख, पिडा र समस्याका बाबजुत यो अवस्था सम्म ल्याई पु¥याउनु हुने अभिभावकहरुलाई सदा सर्वदा खुसि राखेमा जीवनमा कहिले पनि असफल हुनु नपर्ने बताए ।
सहायक प्रिन्सिपलले यस संस्थामा आवद्ध हुन आउनु भएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई आगामि दुई वर्षको अवधिभर निश्चिन्त भई गुणस्तरीय शिक्षा तथा आवश्यक शैक्षिक तथा अन्य क्रियाकलापहरुको चरणवद्ध रुपमा सञ्चालन गरिने प्रतिवद्धता गर्दै स्वागत कार्यक्रमको समापन गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















