काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले बिप्लबको समूहको कार्यकर्ताको हत्याको विषयलाई लिएर संसद बैठक अबरोध गरेको छ । उनीहरुले सर्लाहीमा ’इन्काउन्टर’मा हत्या गरिएका नेत्रविक्रम चन्द विप्लव समूहका नेता कुमार पौडेलको हत्या घटनालाई लिएर संसद अवरोध गरेको हो ।
प्रतिपक्षीले ‘कब्जामा लिएर’ प्रहरीले उनको हत्या गरेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै आएका छन्। उनीहरुको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ।
‘संसदीय सर्वोच्चता कायम गर, मानव अधिकारको रक्षा गर’ भन्दै उनीहरुले नाराबाजी गरेका थिए। सभामुख कृष्णबहादुर महराले भने संसदीय सर्वोच्चता कायम हुन संसद चल्नुपर्ने तर्क गर्दै बस्न आग्रह गरेका थिए।
तर विपक्षी दलका सांसदहरुले अवरोध जारी राखेपछि सभामुख महराले अर्को बैठक साउन १५ गते बस्ने गरी स्थगित गरेको जानकारी गराए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















