प्रमिला लामा / प्रशिक्षार्थी पत्रकार
काभ्रे । २०७२ सालको विनासकारी भूकम्प पश्चात काभ्रेमा १ सय ७७ विद्यालय निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) अन्तर्गत रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) काभ्रेका अनुसार इकाइ मार्फत १ हजार ५ सय ४९ र केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत २८ सहित १७७ विद्यालय निर्माण सम्पन्न भएको हो ।
जिल्ला कार्यन्वयन ईकाइ (शिक्षा) का इञ्जिनीयर सोभित श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ६४, २०७४÷७५ मा ५५ र २०७५÷७६ मा ३० विद्यालय निर्माण सम्पन्न भएका छन् । तीन आर्थिक वर्षमा १ सय ८२ विद्यालय निर्माण सुरु गरेकोमा १ सय ७७ निर्माण सम्पन्न भएको श्रेष्ठले बताए । ‘निर्माण शरु भएको मध्य विविध कारण ४० विद्यालय निर्माणको अन्तिम चरणमा रहेको छ ।’ उनले भने, ‘४० विद्यालय निर्माणाधीन र २० विद्यालयको बोलपत्र आह्वान गरिएको छ ।’
एसियाली विकास बैंकको सहयोगमा निमाण हुन लागेका १० र भारतीय दुतावास मार्फत १० विद्यालय निर्माण कार्यका लागि बोलपत्र आह्वान गरिएको उनले बताए । जिल्लामा रहेका विभिन्न गैरसरकारी संघसंस्थाहरूले ३ सय ५० कक्षा कोठा निर्माण सम्पन्न गरेर जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लाई हस्तान्तरण गरेको छ् ।
सेभ द चिल्ड्रेन, नाङ्साल एसोसियसन नेपाल, इको हिमाल, युनिसेफ, हेल्थ एन्ड एजुकेसन फर रत्न, चाइल्ड स्पेस फाउन्डेसन, एक्सन राई र रिलिफ नेपालले विभिन्न विद्यालयको ३ सय ५० कक्षा कोठा निर्माण गरिदिएका हुन् । आयोजना कार्यान्वयन एकाई (शिक्षा) सूचना अधिकारी श्रेया झाका अनसार गैरसरकारी संस्थाले ३ सय ७४ कक्षाकोठा निर्माण गरिदिने सम्झौता गरिएकोमा ३ सय ५६ सम्पन्न भएको र २४ वटा निर्माणाधीन रहेको बताईन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















