काठमाडौं । मृगौला पिडित उर्मिला तामाङ बचाउन साहित्यकारहरुले एक हप्ते खुल्ला कविता बाचन गरेका छन् ।
एक हप्ता देखि जारी खुल्ला कविता बाचन कार्यक्रममा उठेको दुई लाख ३ हजार ५८५ ‘ रकम पिडितलाई हस्तान्तरण गरिएको छ ।
“बलात्कृत साहित्य” खुल्ला साहित्य बाचन मार्फत उठेको रकम आयोजकले पत्रकार सम्मेलन गर्दै विरामीलाई हस्तान्तरण गरेको हो ।
पिडितलाई रकम हस्तान्तरण गर्दै तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकर र बलात्कृत साहित्य कविता संग्रहका लेखक एवं कलाकार ऋतुराज पाख्रिन, सामाजिक अभियन्ता चन्द्रजित मोत्तानले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
साहित्यले पनि मानिस बचाउन सक्छ भन्ने कुराको उदाहरण यस बचाउ अभियानले देखाएको चलचित्र संघका अध्यक्ष विकु थोकरले बताउनुभयो । बलात्कृत साहित्य मार्फत सात दिन सम्म कविता बाचन गरेर कविताका मार्फत पिडितको लागी सहयोग जुटाउने सम्पुर्णमा उहाँले धन्यबाद समेत दिनुभएको थियो ।
सात दिन सम्म बौद्द परिसरमा आयोजित उक्त कविता बाचन कार्यक्रममा विभिन्न बाधा आएको पाख्रिनले बताउनुभयो । उहाँका अनुसार आफ्नी देशकी चेली उर्मिलाको बचाउ गर्नको लागि आफूहरुले सात दिन सम्म बौद्द परिसरमा आउने बटुवा हरु सँग सहयोग मागेको उहाँले जानकारी दिनुभयो ।
साहित्यको मार्फत बाट एक पिडितको सहयोग गर्ने हेतुले छोर्वाला काई रेडियो गेताङ मार्फत चलि रहेको उर्मिला बचाउ अभियान अन्तर्गत आफूहरुले पनि साथ र सहयोग मात्र गरेको जनाउनुभयो ।

Comments

comments