काभ्रे । जिल्लाको बनेपा नगरपालिकामा आज (मंगलबार) साँझ बनेपामा बम बिष्फोट भएको छ । नेपाल कम्युनिष्ट पार्टी (विप्लब) समूहले आफूले आयोजना गरेको बन्दको पूर्व सन्ध्यामा बनेपामा बम विष्फोट भएको हो । बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै बम बिस्फोट भएको स्थानीयले बताए । बम पड्केको आवाजले स्थानीयबासी त्रसित भएका छन् ।
एसपी नै घट्नास्थलमा
विष्फोट भएको आवाज सुन्ना साथ जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी जयराज सापकोटा विष्फोट भएको भनिएको स्थलमा दलबल सहित पुगेका छन् । विष्फोटको आवाज आएको तर बम नै पड्केको हो भन्ने प्रमाण फेला नपरेका एसपी सापकाटाले तेमाल अनलाईनलाई बताए । ‘म यतिखेर विष्फोट भएको भनिएको स्थलमै छु । अनुसन्धान गरिरहेको छु ।’ सापकोटाले भने, ‘बम नै पड्को हो भन्ने कुनै प्रमाण फेला परेको छैन ।’ ट्रकको टायर पड्केको हुन सक्ने सापकोटाको अनुमान छ ।
नेकपाले आफ्नो नेता तथा कार्यकर्ता पक्राउको विरोधमा भोलि बागमती, नारायणी र जनकपुर बन्दको आव्हान गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















