काठमाडौं । पूर्व कानून मन्त्री शेरबहादुर तामाङले नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई चुनौती स्वीकार गरेकोमा धन्यवाद दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य समेत रहेका तामाङले धन्यवादका साथमा जिम्मेवारी पाएकोमा बधाई समेत ज्ञापन गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा तामाङले नवनियुक्त मन्त्री भट्टराई र आफू एमालेमा कसरी टिके र पार्टीलाई कसरी जिवित बनाउने कोशीसमा लागे भन्ने कुरा लेखेका छन् ।
उनले फेसबुकमा लेखेकाछन्ः
चुनौती स्वीकार गर्नुभएकोमा हार्दिक धन्यवाद ! जिम्मेवारी पाउनुभएकोमा हार्दिक बधाई !!
कुनौ बेला एस्तो थियो, ०४८ सालको संसदीय निर्वाचनमा बहुमत ल्याउने उदेश्य सहित हामी निर्वाचनको अभियानमा थियौं, तर हामी प्रमुख प्रतिपक्षमा चित्त बुझाउनु प¥यो । ०४९ को स्थानीय निर्वाचन त झन् नराम्रोसंग पराजित भयौं । सो समयमा हाम्रो पार्टी एमालेबाट पलायन हुने क्रम बढ्यो । जो पार्टीमा टिकिरहेका थिए उनिहरुमा पनि जांगर थिएन ।
कांग्रेसको ज्यादती तिब्र थियो । एमालेका धेरै नेता कार्यकर्ताहरुलाई अनेक मुद्दा लगाएर दुख दिईरहेको थियो । त्यतिबेलाको सत्ताको दमन र ज्यादती सांच्चै डरलाग्दो थियो । सत्ताको ज्यादती खेप्न नसकेका कार्यकर्ताहरुको एक भेला बागबजारको पार्टी कार्यालयमा भयो । क. मदनले सम्बोधन गर्दै गाउंमै गएर जनतालाई संगठित गर्दै प्रतिकार गर्ने बाहेक हामीसंग बिकल्प नभएको भन्दै हामीलाई उत्साहित बनाउनु भयो ।
त्यही मध्येको उपस्थित कार्यकर्तामा क. योगेश लगायत हामी थियौं । त्यही उत्साह बोकेर हामी केही युवासंघ बनाउन लाग्यौं । क. योगेशहरु विद्यार्थी संगठन बनाउन लाग्नु भयो । वर्तमान पार्टी अध्यक्ष तथा सम्माननीय प्रम युवासंघको अध्यक्ष हुनुहुन्थ्यो । म भिमसेनथानमा रहेको संगठनको कार्यलय कुर्न कार्यलय सचिवको रुपमा थिएं । क. योगेश तहाचल संगठन र पढाईको सिलसिलामा भिमसेनथान भएर ओहरदोहर गर्नुहुन्थ्यो ।
कार्यालयमा चरो मुसो नाअउने बेलामा प्राय हाम्रो जंकाभेट भईरहन्थ्यो र कहिले कार्यालयमा नै बसेर त कहिले बाटोमा उभिईएर घण्टौं संगठनलाई कसरी पुनर्जीवन दिने भनेर छलफल गथ्यौं ।
आज त्यही पृष्ठभुमिबाट माथी उठेर निरन्तर जनताको सेवामा समर्पित भएर काम गर्दै जांदा मैले पहिले नै कानुन मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएं र तपाईं मेरो राजीनामाको बेला साक्षी हुनुभयो । त्यतिबेला तपाईको सच्चा हृदयले बोलिरहेको बिषय मेरो मनमा संधै ताजा रहने छ ।
समयक्रममा तपाईले चुनौती संगै अवसर प्राप्त गर्नु भएको छ । नेकपाको वर्तमान सरकार प्रती बढिरहेको आलोचनात्मक टिकाटिप्पणीलाई कम गर्न तपाईको प्रवेसले केही सकारात्मक हुने अपेक्षा गर्दछु । तपाईलाई ३ बिषयमा सफलता मिल्न सकोस र हामी सहयोगको लागि तयार छौं ।
१. नेपाला भ्रमण वर्ष २०२० सफल बनाउने ।
२. डुबेको नेपाल वायुसेवा निगमलाई बचाउने ।
३. पर्यटनको माध्यमबाट राष्ट्र र जनताको समृद्धि गर्ने ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।