काभ्रे । धुलिखेल नगरपालिकाले ४८ जना महिलालाई विल्डिङ इलेक्ट्रिसियन र सोलार टेक्निसियन तालिम प्रदान गर्ने भएको छ । तालिम धुलिखेल नगर प्रमुख अशोक व्याञ्जुले एक कार्यक्रमकाबीच आज (बुधबार) उद्घाटन गरेका हुन् ।
३ सय ९० घण्टे उक्त तालिम ब्राकको नेपालको आर्थिक सहयोगमा युसेप नेपालद्वारा संचालन गरेको हो भने धुलिखेल नगरपालिकाले सहजिकरण गरेको छ ।
तालिमको उद्घाटन गर्दै नगर प्रमुख ब्याञ्जुले पेशा गर्न नलजाउन र नहिच्किचाउन अनुरोध गर्दै छोरी भएर केहि गर्न सकिदैन कि भन्ने सोच त्याग्न अनुरोध गरे । ‘सिपलाई पेशामा बदली अवसरमा रुपान्तरण गर्न तालिम महत्वपूर्ण छ ।’ –नगर प्रमुख ब्याञ्जुले भने, ‘पेशा गर्न नलजाउनुस्, नहिच्किचाउनुस तपाई सफल हुनुुहुनेछ ।’

शीप सिकेर व्यवसाय गर्न र व्यबसायी बन्न तालिममा सहभागी महिलाहरुलाई व्याञ्जुले अनुरोध गरे । ‘अप्ठयारोसँग जुध्न सिक्नुस, तपाईलाई परेको असहजता र अप्ठयारोसँग नगरपालिकाले साथ दिनेछ ।’ –उनले भने– ‘सिप सिकेर ब्यवसाय गर्नुस र ब्यवसायी बन्नुहोस् ।’
कार्यक्रममा उपप्रमुख विमला शर्मा चौलागाईले तालिमलाई आत्मनिर्भर बन्ने माध्यमको रुपमा प्रयोग गर्न सहभागीहरुलाई अनुरोध गरिन् ।
तालिम कार्यक्रममा ब्राक नेपालका खेमराज उपााध्यायले भुकम्पको समयमा ग्रामिण क्षेत्रमा शौचालय निर्माणकोे क्रममा १३ बर्षिया बालिका गर्भवति भएको, शौचालय निर्माण भए पनि पानी नभएका कारण प्रयोग नभएको जस्ता समस्यामा महिलाहरुको अवस्था दयनिय देखेर सिपका लागि सहयोग गरेको बताए । कमजोर र पछाडी परेका महिलाहरुलाई सिप सिकाउने र आत्मनिर्भर बनाउने अभियानमा ब्राक नेपालले निरन्तर सहयोग गर्ने उपााध्यायले प्रष्ट पारे ।
प्रशिक्षार्थीहरुलाई तालिम पश्चात आवश्यक सामाग्री सहित रोजगार उपलब्ध गराईनेछ । तालिमसँगै आत्मरक्षा सम्वन्धी तालिम समेत प्रदान गरिनेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















