यस्ताे रहेछ बिप्लब समूहको स्थायी समिति र पोलिट्ब्यूरो भंग गर्नुकाे कारणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेत्र विक्रम चन्द समूह)ले आफ्ना् स्थायी कमिटि र पोलिट्ब्यूरो भंग गरेको छ । पार्टीमा सुद्धिकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको हो ।

केही दिनअघि बसेको स्थायी कमिटी बैठकले भंग गरेको बुझिएको छ । ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गरेपछिसबै कमाण्ड महासचिव नेत्रविक्रम चन्द आफैँले सम्हाल्ने भएका छन् भन्ने खबर कान्तिपुर दैनिकमा छ ।

चन्द समूहले पाटीभित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यलाई जिम्मेबारीबाट हटाएर खुल्ला मोर्चामा पठाएको छ । ‘५० केन्द्रीय सदस्यमध्ये १७ जनालाई कारबाही गरिएको हो ।’ एक केन्द्रीय सदस्यले भने, ‘घटुवा गरे पनि खुल्ला मोर्चाको जिम्मेबारी दिइएको छ।’ तीमध्ये केहीलाई पार्टीले दिएको जिम्मेबारी पूरा नगरेपछि हटाइएको उनको भनाई छ ।

विप्लव बाहेक चार जनालाई सचिवालय सदस्यको जिम्मेबारीमात्र दिइएको छ । पोलिटव्युरो सदस्यहरु भरत बम, अनिल शर्मा, ओम पुन, उमा भुजेल, वीरजंग चन्द र मोहन कार्कीलाई केन्द्रीय सदस्यमा घटुवा गरिएको छ ।

Comments

comments