काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई जनयुद्धका सहिदहरुलाई सम्मान गर्नका लागि पेरिसडाँडा पुगेका छन् । मन्त्री भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यालय पेरिसडाँडामा पुगेर जनयुद्धका शहीदहरुको स्मारकमा माल्यार्पण गरेका हुन् ।
मन्त्रालयको काम शुरुगर्नु अघि मन्त्री भट्टराईले शहीदहरुको स्मारकमा मल्यार्पण गरेका थिए । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि पेरिसडाँडा पुगेर जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरण गर्ने योगेश पहिलो मन्त्री समेत हुन् । भट्टराईले पेरिसडाँडामा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपालाई अहिलेको स्थानसम्म पु¥याउन जनयुद्धका सहिद तथा वेपत्ताहरुको पनि योगदान रहेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















