काभ्रे । काभ्रेका विभिन्न स्थानबाट ट्रिपरसँग पैसा उठाउने पाँच जना ट्राफिक प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ ।
मण्डनदेउपुर नगरपालिका हिगुवापाटी प्रहरी चौकीमा कार्यरत ट्राफिक प्रहरीका जवान तेजप्रसाद भट्टराई, ट्राफिक प्रहरी कार्यालय बनेपाको पोष्टमा कार्यरत सिपाही हरिप्रसाद बाँनिया र हवल्दार रामहरी मानन्धर ख्तियारको फन्दामा परेका हुन् । उनीहरुलाई २।२ हजार घुस टिपर चालकसँग लिदै गर्दा अख्तियारको टोलिले पक्राउ गरेको जनाएको छ ।
त्यसैगरि पाँचखाल प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु र जवान ज्ञानबहादुर लाम्गाडेलाई पनि अरनिको राजमार्ग केराघारीबाट पक्राउ गरेको छ । प्रहरीले टिपरसँग मासिक २ हजार असुल्ने क्रममा टिपर ब्यवसायीले चारवटा चेकपोस्टमा रकम बुझाउनु पर्ने बाध्यकारी बनाएको भन्दै अख्तियारमा परेको उजुरीका आधारमा टोलीले छापा मारेको बताएको छ । उनिहरुको साथबाट ६ हजार रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















