काठमाडौं । विभिन्न कारणले रिक्त हुन गएको संघीय संसदको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुने भएको छ । उक्त मिति निर्वाचन आयोगले सर्वदलिय बैठकपछि मंसिर १४ गते शुक्रबारका दिन उपनिर्वाचनको मिति तोकेको हो ।
आयोगले बिहीबार सर्वदलीय बैठक बोलाएर उपनिर्वाचनको बारेमा छलफल गरेर उपनिर्वाचनको मिति तय गरिएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए । ‘स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्यको रिक्त पदमा उपनिर्वाचन हुनेछ ।’ प्रवक्ता खरेलले भने, ‘तीनै तहमा गरी ३७ जिल्लामा ५० पदका लागि उपनिर्वाचन गरिने छ ।’
आयोगले जारी गरिएको विज्ञप्ति:

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।