दोलखा । अबिरल बर्षा सँगै दोलखाको गौरीशंकर गाउँपालिकाको वडा नम्बर १ र २ मा पहिरोका कारण ठूलो धनजनको क्षति भएको छ । बाढी पहिरोमा परि २ जना बेपत्ता भएका छन भने ३० घर भन्दा बढीमा क्षति पुर्याएको छ तिस भन्दा बढी घर उच्च जोखिममा रहेका छन् ।
बाढीका कारण गौरीशंकर गाउँपालिकाको झगरे, राजपु, बाजुमु र यार्सामा गरी ३० घर भन्दा बढीमा क्षति पुगेको छ भने एक जना वेत्तपा रहेका छन । बेपत्ता हुनेमा गौरीशंकर गाउँपालिका वडा नम्बर २ का ५५ वषीया जगतबहादुर खत्री रहेका छन् । भने अर्का सोही वडाका १८ बर्षीय निशान खड्का पनि बेपत्ता रहेका छन् ।

राजधानी काठमाण्डौबाट जुँगु आउदै गरेको यात्रुवाहक बस जुँग खोलामा फसे पछि उद्धारका लागि आएका खड्का उद्धारकै क्रममा खोलामा बेपत्ता भएका हुन । प्रहरी र स्थानीयको सक्रियतामा वसका रहेका १७ जना यात्रुहरुको भने सकुसल उद्धार गरिएको छ । सोही वसमा रहेका आफ्ना अभिभावक लिन आएका खड्का भने बेत्तपा भएका हुन् । बेपत्ताहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनु भयो । पहिरोमा परी केही सामान्य घाइते भएको भनिएता पनि घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।
कालिन्चोक एफ एम का बलाराम के.सी.का अनुसार बाढीमा फसेको बस र यात्रुहरुको उद्धार कार्यका लागि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सक्रियता देखाउनु भएको थियो भने शसस्त्र प्रहरी बल दोलखाका प्रहरी नायव उपरिक्षक किरण कुमार कठायत लगायत नेपाल प्रहरीको ईलाका प्रहरी कार्यालय मैनापोखरी र सिंगटीबाट समेत आवश्यक सहयोग भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।