भक्तपुर । उर्मिला तामाङ बचाउ अभियान अन्तर्गत भएको बृहत साँस्कृतिक कार्यक्रमबाट उठेको रकम उर्मिलालाई नै हस्तान्तरण  गरिएको छ । सूर्यविनायकको शुभकामना पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलन मार्फन उक्त रकम विरामीलाई नै हस्तान्तरण गरिएको हो ।
विगत दुई वर्ष देखि आफ्नो दुवै मृगौला फेल भई उपचारमा रहँदै आउनु भएकी उर्मिला बचाउ अभियान अन्तर्गत उठेको सम्पूर्ण रकम पत्रकार सम्मेलन आइतवार हस्तान्तरण गरिएको हो ।
छोर्वाला काई रेडियो गेताङको ११ औं प्रयास रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा ७, निवासी विगत २ वर्ष देखि दुबै मृगौला फेल भएको वर्ष ३५ की उर्मिला तामाङ बचाउ अभियान सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रम २०७६ बाट उठेको ९ लाख २९ हजार ५८ रुपैंया हस्तान्तरण गरिएको अभियन्ता सुदिन दोङले जानकारी दिनुभयो ।
कार्यक्रममा रकम हस्तान्तरण गर्दै प्रमुख अतिथि तामाङ चलचित्र संघका अध्यक्ष एवं खलनायक विकु थोकरले उहाँको उपचारमा उक्त रकम पञ्याप्त नभएको बताउँदै उहाँलाई अझ सहयोग गर्नुहुन् सहयोगी मनलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यबाद दिदै अभियन्ता सुदिनले आगामी दिनमा पनि आफूले सहयोगको अपेक्षा राखेको जानकारी दिनुभएको थियो ।
उहाँका अनुसार अझ पनि विभिन्न देशमा रहनु भएका समाजसेवी एवं सहयोगी मनहरुबाट रकम आउन बाँकी रहेको समेत जानकारी दिनुभएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।