फोटोः पत्रकार बुद्ध नेपाली/सिन्धुली
सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल‘प्रचण्ड’ले हिजोका राजा महाराजाका दलालहरुले संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा बकवास गर्न थालेका बताएका छन् ।
दुई चार दिन यता राजा महाराजाका पालामा मन्त्री भएकाहरुले संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा बकवास कुरा गर्दै हिड्ेका भन्दै तिन करोड नेपालीको अवेगमा परे उनीहरु खरानी हुने अध्यक्ष दाहालले बताए ।
नेपालका पुर्व प्रधानमन्त्री समेत रहेका दाहालले आईतवार रामेछापको खाडादेवी गाउपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने खैरेनीघाटस्थित सुनकोसी नदीमा नव निर्मित पक्की पुलको उद्घाटन गर्दै हिजोका राजा महाराजाका दलालहरुले फेरि दिवा सपना देख्दै सजिलै यो गणतन्त्र उल्टाउन सकिन्छ भन्ने बकवास हो हल्ला फैलाउन थालेको बताएका हुन् ।
अध्यक्ष दाहालले राजा महाराजाका दलालहरुले देशभर पैदा भएको विकास निर्माणको गतिलाई रोकेर फेरि पनि एक पटक देशलाई निरङकुशताको जातोमा पिस्ने दिवा सपना देखेका भए त्यो सपना नेपाली जनताले पुरा हुन नदिने बताए ।
राजाका पालामा मन्त्री भएकाहरुलाई के भने प्रचण्डाले ?
अध्यक्ष दाहालले राजाका पालामा मन्त्री भएकाहरुले सरकार हैन अव व्यवस्था नै फेर्ने बेला भएको भन्दै हिडेको सुनेको भन्दै पुर्व राजा ज्ञानेन्द्रलाई जनताले ल्याएको व्यवस्थालाई अंगाल्दै चुपचाप बस्न आग्रह समेत गरे । ‘म देश भरीका जनतलाई अपिल र आग्रह गर्न चाहान्छु । राजा महाराजाका दलालहरुले फेरि पनि नेपाली जनतालाई रैती र दास बनाउने दिवा सपना देखेका छन् ।’ उनले भने, ‘त्यो कहिल्यै पुरा हुनेछैन् । त्यसलाई कहिल्यै पुरा हुन दिईनेछैन ।’
दुईतिहाई बहुमत राजामहाराजाले हाेइन जनताले दिएका हुन्
शक्ति शाली कम्युनिष्ट पार्टी, कम्युनिष्ट सरकारलाई दुई तिहाईको बहुमत पहिलेका राजा महाराजा, काग्रेसले दिएको अवसर नभई जनताका भरोसा, विश्वास र मायाले दिलाएको अध्यक्ष दाहालले दावी गरे । ‘तानाशाह, निरङकुशतावादी सरकारले मेरो टाउकाको मृल्य ५० लाख तोकेकै थियो । अनि केपी ओलीलाई १४ वर्ष जेल राखेर जेलबाट कयौं पटक गोली हान्न बाहिर निकालेको थियो । त्यसबाट बाल बाल बचेर केपी ओली प्रधानमन्त्री हुनुुहुन्छ ।’ उनले भने, ‘देशलाई नयाँ गतितर्फ लैजाने, कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने र शक्तिशाली नयाँ कम्युनिष्ट पार्टी बनाउने कुराको नेतृत्व गर्ने मध्ये एक हुने अवसर मलाई मिल्यो । यो सबै उपलब्धी जनताको मायाले हो ।’
तपाईंहरुको अस्तित्व विना हाम्रो अस्तित्व छैन
अध्यक्ष दाहालले आफुले पनि देशको छिटो विकास गर्न चाहेको तर भनेको जस्तो विकास हुन नसक्दा नेताहरुमा पनि चिन्ता रहेको बताए । ‘धेरै भन्दा धेरै बाटोगाटो, धेरै स्कुल, धेरै स्वास्थ्य केन्द्रहरु ,धेरै राम्रा टेक्निकल इन्टिच्युटहरु बनाउने हाम्रो सपना छ । हामी त्यसमा केन्द्रीत छौं । तपाईहरु आतिनु होला कि भन्ने चिन्ता हामीलाई भईनै राख्छ । किन कि तपाईहरु विना हाम्रो अस्तित्व छैन ।’ अध्यक्ष दाहालले भने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।