बनेपा । काभ्रे जिल्लाको विभिन्न स्थानमा भएको सवारी दुर्घट्नामा परि नेपाली सेनाका हवल्दार सहित ३ को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारी अनुसार सबै दुर्घट्नाहरु आज (आईतबार) भएको हो ।
अरनिको राजर्माग अन्तर्गत बनेपा नगरपालिका १० जनागालमा जीपले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपा नगरपालिका १२ का २१ वर्षीय रविन थापा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँगातर्फ जाँदै गरेको बा ५७ प ९५६९ नम्बरको मोटरसाईकललाई विपरित दिशातर्फबाट आएको बा १७ च ८११२ नम्बरको जीपले ठक्कर दिएको थियो ।
त्यसैगरी साँगाबाट बनेपा तर्फ जाँदै गरेको बा ९९ प ३३९७ नम्बरको स्कुटरलाई सोही दिसातर्फबाट आइरहेको बा ६ ख ७३१५ नम्बरको ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष रहेको तर परिचय खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै विपी राजमार्ग अन्र्तगत रोशी गाउँपालिका–८ गिम्दीबेसीमा काठमाडौंबाट मंगलटार तर्फ जाँदै गरेको ना ६२ प ७३१६ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्युहुनेमा नेपाली सेनाका हवल्दार समेत रहेका कालिसिद्धि गण बर्दिबासमा कार्यरत हवल्दार ३५ वर्षीय भोजनारायण श्रेष्ठ रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















