नेत्रविक्रम चन्द ‘विप्लव’
काभ्रे । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह) काभ्रे जिल्लाका नेता पक्राउ परेको छ । उनीहरुले चन्दा तथा अन्य राजनीतिक गतिविधि तिब्र बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ अभियानलाई तिब्र बनाएको हो ।
ईलाका प्रहरी कार्यालय, बनेपाका अनुसार शुक्रबार राति घरमै बसिरहेको अवस्थामा जिल्ला सदस्यद्धय सुन्दर रायमाझी र अनिल रायमाझीलाई पक्राउ गरेको छ । ‘राज्य विरुद्धका गतिविधिमा संलग्न भएको अभियोेगमा रायमाझीद्वयलाई पक्राउ गरीएको हो ।’ इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक निराजन भट्टराईले भने, ‘आईतबार ७ दिनको म्याद लिई अनुसन्धान शुरु गरिएको छ ।’
२०७६ बैशाख ५ गते पनौतीमा विस्फोटक पदार्थ सडकमा राखी सर्वसाधारणलाई त्रसित बनाएको अभियोगमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । सुन्दर भुपु शिक्षक समेत हुन् । उनले केहि दिन अघि विज्ञप्ती प्रकाशन गरी आफु पार्टीमा नरहेको जानकारी गराएका थिए । असार २५ गते मात्रै जिल्लाबाट प्रकाशन हुने एक पत्रिकामा उनले विज्ञप्ती प्रकाशन गरेका हुन् । प्रहरीले पक्राउ गरेका दुबै जनालाई विस्फोटक पदार्थ सम्वन्धी मुद्दामा म्याद थप गरेको होे ।
जिल्लामा शशस्त्र प्रहरी बलको कार्यालय समेत स्थापना भए पछि जिल्लामा जनपथ र शशस्त्र प्रहरीले संयुक्त अप्रेशन शुरु गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।