काभ्रे । रोशी गाउँपालिका वडा नं. ५, सिसाखानी निवासी अजय लामाले आफूले काम गरेको पारिश्रम माग्दा उल्टै कुटाइ खाएका छन् । काभ्रेको सिपाली र लुर्पूङमा ३ महिना बोधीचित्त मालाको सुरक्षामा अजयलाई गुण्डाको पहिचान बनाएका तेमाल–७, काभ्रेका सत्यमान लामा र उनको समूहले खटाएका थिए ।
आफूले ३ महिनासम्म दिनरात सुरक्षा दिएबापत संझौता भएको ज्याला माग्दा सत्यमान समूहका एक सदस्य हिमाल भनिने रुपेश लामाको एक समूहले उल्टै उनी माथि संघातिक आक्रमण गरेका छन. ।
माला टिपीसकेपछि ३ महिनासम्म मालाको सुरक्षा दिने अजयलाई ज्याला नदिई रुपेश समूहले मोबाइल स्वीच अफ गरेर बेपत्ता भएका थिए । केही १५ दिनपछि अजयलाई रुपेशको समूहले प्रतिनिधि सभा सदस्य सांसद नविना लामाको रिमठिम क्याफेमा बोलाएका थिए । रुपेशको समूहले ज्याला दिनु त कता हो कता उनी माथि धारिलो हतियार प्रहार गरि घाइते बनाई उनीहरु फरार भए ।
सांसद लामाको क्याफेमा ‘इन्जोइ’ गर्दै आएका त्यस समूहले अजय माथि धारिलो हतियार प्रहार गरि टाउको नै फुटाई दिएका छन् ।
एइएनजीओको १ करोड ७५ लाख रकम हिनामिना गरेको आरोपमा सत्यमान लामा पक्राउ परेपछि लामाको सबै कारोबार हिमाल भनिने रुपेश लामाले सम्हाल्दै आएका थिए ।

अजयले के भने ?

ज्यालादारीमा काम गरेपछि आफूले पाउनुपर्ने ज्याला पाउनुको सट्टा आफ्नो टाउको नै फुटाउनु दुःखको कुरा भएको पिडित अजयले बताए ।
‘मेरो नेतृत्वमा ३० जनाको समूहलाई सत्यमान लामाले चैत महिना देखि बोधिचित्तको माला कुर्न लगाए । हामी बेरोजगार युवाहरु तीन महिना भएपनि काम हुन्छ भनेर सिपालीमै बस्यौं ।’ अजयले भने, ‘सत्यमान लामा र अर्को समूहबीच मालामा विवाद रहेछ । हामी माला कुर्न बसेको ठाउँमा अर्को समूह पनि बसेको थियो । अर्को समूहले अदालतको आदेश ल्याएर प्रहरीको सुरक्षा सहित माला लिएर गए । माला हामीले किनेको होइन, हामी त कुर्न राखेका मान्छे । कामको ज्याला त पाउनु पर्यो नि ।’
उनले थपे– ‘शुक्रबार म लगायतका साथीहरू बौद्धमा थियौं, पैसा दिन्छु भनेर हिमालले बानेश्वर बोलाए । म लगायत अरु साथी बानेश्वर पुग्यौं । हामी रिमठिम क्याफे छिर्न नपाउँदै हिमाल भनिने रुपेशले गाडीबाट हतियार झिकेर मेरो टाउकोमा प्रहार गरे ।’
अजयको टाउकोमा १० टाँका लगाएको र गहिरो चोट लागेको निजको घाउजाँच गर्ने क्रममा अस्पतालले जनाएको छ । शुक्रबार अजय लामाको कान्तिपुर अस्पतालमा उपचार भएको थियो ।

ज्यानमार्ने उद्योग मुद्दा दर्ता, छुटाउन सांसद लामाको कसरत

अजयले आक्रमण गर्ने विरुद्ध सोही दिन प्रहरी चौकी तीनकुनेमा जाहेरी दिएका छन् । प्रहरीले आक्रमणकारी रुपेश लामालाई शुक्रबार नै पक्राउ गरेको थियो । उनलाई छुटाउन सांसद नविना लामालागयतले प्रयास गरेपनि प्रहरी वृत्त तीनकुनेले अपराधिलाई उन्मुक्ति नदिने भन्दै आइतबार ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । प्रहरीले ७ दिन म्याद थपेर घटनाको अनुसन्धान गरिरहेको छ ।
अजयले दिएको जाहेरी यस्तो छः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।