काभ्रे । जिल्लाको पाँचखाल नगरपालिकामा सञ्चालन हुन लागेको खानेपानी आयोजनाको लागि वाईसिएल नेपालका काभ्रे जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले आर्थिक सहयोग गरेका छन् ।
खानेपानीको चरम समस्यामा रहेका काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा सञ्चालन हुन लागेको सुनकोसी पाँचखाल खानेपानी आयोजनाको लागि अध्यक्ष श्रेष्ठले २ लाख रुपैयाँ रकम सहयोग गरेका हुन् ।
सुनकोशी पाँचखाल खानेपानीका सल्लाहकार समेत रहेका अध्यक्ष श्रेष्ठले उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेलाई हस्तान्तरण गरेका थिए । २ अरब भन्दा बढी रकमबाट बन्न लागेको उक्त आयोजना सम्पन्न भएमा पाँचखालबासीको खानेपानी समस्या समाधान हुनेमा पाँचखालबासीले विश्वास लिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















