तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६, ठूलोपर्सेलमा आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । गत श्रावण १७ र १८ गते सम्पन्न उक्त शिविर तेमाल गाउँपालिका वडा नं ६ को आयोजनामा सम्पन्न भएको हो ।
उक्त शिविरको लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंको प्राबिधिक सहयोग र मनोज एसोसिएसन फ्रान्स र ग्रनव्ल यूनिभर्सिटी फ्रान्सको नमस्ते–५ को मुख्य प्रायोजनमा भएको थियो । वडा अध्यक्ष विकु मोक्तानका अनुसार शिविरमा मोतिविन्दुको दुई दिने निःशुल्क स्क्रिनिङ तथा ओम डेनटल अस्पतालको सहयोगमा दन्त शिबिर सम्पन्न भएको थियो । सफलता पुर्बक सप्पन्न भएको छ ।
वडा अध्यक्ष मोक्तानका अनुसार शिविरबाट २ सय ७० जनाले आँखा परिक्षण गराएका थिए । आँखा परिक्षणको क्रममा ३८ जनाको मोतिबिन्दु अप्रेसन गर्नुपर्ने रिपोर्ट प्राप्त भएको उनले बताए ।
त्यसैगरि १०० जना भन्दा बढी दन्त सम्बन्धि बिरामीको विभिन्न खाले उपचार सेवाको प्रबन्ध भएको थियो । आफ्नै आँगनमा आँखा र दन्त शिविर आउँदा स्थानीय खुशी भएका छन् ।
शिविर कार्याक्रम तेमाल गाउँपालिकाका अध्यक्षसलाम सिंह तामाङको प्रमुख आतिथ्यमा, उपाध्यक्ष दुर्गामाया तामाङको विशेष अतिथ्यमा सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















