बनेपा । काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. १, टुकुचा नालामा करेन्ट लागेर ३ वर्षिय एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही बडा बस्ने रिमाल श्रेष्ठको ४१ महिनाको छोरा रिदेश श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार आफ्नै नै घरको पानी तान्ने मेशिनको तार समाउदै खेल्दै गरेको अवस्थामा बालक श्रेष्ठलाई करेण्ट लागेको थियो ।
घाइते हुन साथ उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा ल्याईएको उपचार गर्न नपाई मृत्यु भएको प्रहरीले तेमाल अनलाईनलाई बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















