काठमाडौं । आज बिहान त्रिशुली नदीमा बस खस्दा ३ जनाको मृत्यु भएको छ । सर्लाहीबाट काठमाडौं आउँदै गरेको उक्त बस त्रिशुली नदीमा खसेको हो ।
दुर्घट्नामा परि मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए । उनका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ ।
बसको अधिकांश भाग नदीमा डुबेको र नदीमा पानीको वहाव अत्यधिक भएकाले उद्दारमा कठिनाइ भइरहेको एसपी वैदवारले बताए । बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन ।
ना ६ ख ७४६९ नम्बरको बस धादिङको वेनिघाट रोराङ गाउँपालिका ३ सोलाङघाटमा विहान सवा ३ बजे त्रिशुली नदीमा खसेको हो । अहिलेपनि उद्दार कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Comments

comments