काभ्रे । जिल्लामा रहेको एक मात्र आँखा अस्पताल रेयुकाई इको मासुनागा आँखा अस्पताललाई अष्टे«लियन सरकारले विभिन्न सामग्रीहरु सहयोग गरेको छ । बनेपा नगरपालिका–६ मा रहेको यस अस्पताललाई एक कार्यक्रमका बीच बहिबार हस्तान्तरण गरेका हुन् ।
सामग्री नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर वडले अस्पतालका अध्यक्ष तथा नेपाली काँग्रेसका जिल्ला सभापति मधु आचार्यलाई हस्तान्तरण गरेका थिए । उक्त सामग्री ३८ लाख ५० हजार रुपैयाँ बराबरका रहेको छ ।
कार्यक्रममा नेपालका लागि अस्ट्रलियन राजदूत वडले आफूहरूले प्रदान गरेको सामग्रीले काभ्रेका विकट गाउँमा रहेका आँखाका बिरामीले सेवा पाउने विश्वास व्यक्त गरे । ‘यो आँखा अस्पताललाई हामीले सामग्री हस्तान्तरण गरेका छौँ ।’ उनले भने, ‘यो अस्पतालले जिल्लाका र देशका गाउँगाउँमा रहेका आँखाका बिरामीहरूले सेवा पाउँनेछन् भन्नेमा हामी ढुक्क छौँ ।’ राजदूत वडले शहरमा भन्दा ग्रामीण क्षेत्रका बिरामीले सेवा पाए भने मात्र आफूलाई खुसी लाग्ने बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















