खोलाले बगाउँदा बालकको मृत्यु
चितवन । जिल्लाको गवलपुर गैंडाकोटका एक महिला लुगा सुकाउने क्रममा इनारमा खसी मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षिय इन्द्रकला भुषाल रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–९ आदर्शचोक माइती आएकी भुषाल कपडा सुकाउने क्रममा इनारको ढकनीमाथि चढेकी थिइन्। ढकनी भाँचिँदा उनी बिहान साढे ६ बजे इनारभित्र खसेकी थिइन् । उनलाई प्रहरीको टोलीले उद्धार गरी भरतपुर अस्पतालमा पठाए पनि उपपचारको क्रममा पौने ९ बजे भुषालको मृत्यु भएको प्रहरीले जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।