तेमाल अनलाइन संवाददाता,
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाद्वारा यस वर्ष एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीलाई नगद पुरस्कर र प्रमाण पत्रले शुक्रवार सम्मान गरिएको छ ।
रोशी गाउपालिका र हरिसिद्दी माविले छुट्टा–छुट्टै कार्यक्रम गरि सम्मान गरिएको छ । गाउँपालिकाभरिबाट सबैभन्दा बढी अंक जिपीए ल्याउन सफल वडा न. ६ स्थित हरिसिद्दी माध्यमिक विद्यालयबाट परिक्षा दिएका शंखबुद्द लामालाई रोशी गापाले नगद रु. ५० हजार नगदसहित सम्मान गरिएको छभने विद्यालयले पनि १० हजार, नेपाली र विज्ञान विषयका शिक्षकले २/२ हजार रूपैया नगदसहित सम्मान गरिएको छ ।

रोशी गापाको कार्यक्रममा गाउँपालिका अध्यक्ष डिबि लामा र शिक्षा शाखा अधिकृत रामबहादुर तामाङले उक्त पुरस्कर प्रदान गरिएका थिए ।
हरिसिद्दी माध्यमिक विद्यालयले परिक्षामा सम्मेल सबै विद्यार्थीहरू बधाइ तथा सम्मान कार्यक्रमको सम्पन्न गरिएको छ ।
यो वर्ष गाउँपालिकामा हाम्रो विद्यालयले एसईईमा उत्कृष्ट नतिजा ल्याउन सक्याैं, अब जिल्ला र देशमा विद्यार्थीको उत्कृष्ट नतिजा ल्याउन सबै लाग्नु पर्ने हरिसिद्दी माध्यमिक विद्यालयका प्रधानध्यापक चेत बहादुर भडेलले बताए ।

विद्यार्थीको प्रोत्साहन र शिक्षा क्षेत्रको गुणस्तरीय विकासका लागि गाउँपालिकाले हरेक वर्ष एसईई परिक्षाका उत्कृष्टहरुलाई सम्मान तथा पुरस्कर प्रदान गर्दै आईरहेको छ ।






















