काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ६ मा ५ जुवाडेहरुलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार धुलिखेल अस्पताल अगाडी रिना केसीले सञ्चालन गरेको घरमा उनीहरुलाई पक्राउ गरिएको हो ।
जुवडेहरुलाई जिल्ला प्रहरी कार्यालय, काभ्रेबाट अनुसनधान सहितको प्रहरी खटि गएका टोलीले शनिबार पक्राउ गरिएको हो । उनीहरुबाट नगद रु ९३ हजार ४ सय ३० रुपैयाँ र तास बुक थान १० समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
को–को परेछ पक्राउमा
पक्राउ पर्नेहरुमा धुलिखेल नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४१ को राम पराजुली, सोही स्थान बस्ने बर्ष ३४ को प्रशान्त श्रेष्ठ, भक्तपुर जिल्ला भ.न.पा. ६ बस्ने बर्ष ४० को गणेशकार रन्जितकार, धुलिखेल नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३० को अशोक श्रेष्ठ र सोही स्थानमा बस्ने बर्ष ३५ को दिपक तामाङ रहेका छन् । प्रहरीका अनुसार आवश्यक अनुसन्धान भइरहेको छ ।