काठमाडौँ । पूर्वसभामुख एवं प्रतिनिधिसभा सांसद ओनसरी घर्तीले समावेशी र समानुपातिक कार्यान्वयनको पक्षमा आफू सदैव लडिरहने बताएकी छिन् । आज (शनिबार) आफ्नो २० औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ३ ले आयोजना गरिएका ‘संवैधानिक व्यवस्था र मिडियामा समावेशीको अवस्था’ बिषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन् गर्दै उनले यस्तो बताएका हुन् ।
घर्तीले लोकसेवा आयोग र स्थानीय तहले कर्मचारीको असमावेशी विज्ञापन निकाल्ने र नियुक्ती गर्ने कार्य गलत भएको बताएकी छिन् ।
‘संविधान अनुसार कर्मचारीको असमावेशी र असमानुपातिक विज्ञापन र नियुक्ती प्रकृया उपयुक्त कार्य होईन ।’ उनले भनिन्, ‘त्यो कार्यले विभेद र उत्पीडनमा परेका आदिवासी जनजाति, महिला, दलित लगायतलाई घाटा लागेको छ ।’
आफू महिला र जनजाति भएकोले उनीहरुको दुःख पीडा र अधिकारबारे चासो लिने बताइन् । ‘सभामुख भएको मान्छे जातिय कुरा गर्नुहुन्छ, महिलाको कार्यक्रममा जानुहुन्छ भनेर गुनासो पनि सुन्छु ।’ उनले भनिन्, ‘म जुन क्षेत्रबाट आएको हुँ, त्यस क्षेत्रको दुःख, पीडा, अधिकारबारे मैले चासो दिनैपर्छ ।’
प्रेस स्वतन्तत्रताको नाममा विकृति
प्रेस स्वतन्त्रताको नाममा विकृती बढीरहेकोमा उनले दुःख व्यक्त गरिन् । ‘प्रेस स्वतन्त्रताको नाममा विकृती बढीरहेको छ । ‘मिडिया र पत्रकार थप जिम्मेवार र सचेत हुनुपर्छ ।’ उनले भन्,ि ‘कहिले देश भुल्ने, कहिले जनता भुल्ने विकृतिहरु पनि भईरहेको छ, देश र जनताप्रति मिडिया सधैं जिम्मेवार र संवेदनशील हुनुपर्छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।