काठमाडौं । नेपाली सेनाका बहालवाला मेजरलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
नेपाली सेनाका बहालवाला मेजर अजितप्रताप सिंह सहित २ जनालाई प्रहरीले सुनसरीको इटहरीबाट पक्राउ गरेको हो ।
कैलालीको धनगढी नगरपालिका २ घर भएका सिंहलाई लागू औषध कारोबार गरेको आरोपमा पक्राउ गरिएको नेपाल प्रहरी लागू औषध ब्यूरोका एसएसपी वसन्त लामाले जानकारी दिए ।
विशेष सुराकीको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भैरहेको जनाइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















