त्यसैगरि सहकारीकर्मी दिपक थापा, पर्यटन क्षेत्रबाट कौशल्या मैनाली अमात्यलाई सम्मान गरिएको थियो । यसैगरी करदातामा संस्थातर्फ मल्पी इन्टरनेशनल स्कुल पनौनी, र व्यक्ति तर्फ सुशिल÷सुनिल सैजूलाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट स्वयंसेविका सन्चमाया तामाङलाई सम्मान गरिएको थियो ।
काभ्रे । जिल्लाको पनौती नगरपालिकाले नगरले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेकाहरुालाई सम्मान गरेको छ । नगरपालिकाले शनिबार एक समारोहका बीच उत्कृष्ट, शिक्षक, विद्यार्थी, पत्रकार, कृषक लगायतलाई सम्मान गरेको हो ।
कार्यक्रममा जेष्ठ नागरिक सय वर्षिया लिलादेवी हुमागाईं र ९८ वर्षिय रामलाल कर्माचार्यलाई नगद पाँच हजार सहित सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट उपभोक्ता समितिमा तीनवटा समितिलाई सम्मान गरिएको थियो । जसमा प्रथम हुने सेतोपाटी थापागाउँ मोटरबाटो पनौती ३, कुशादेवी, द्वितिय हुने लाँकुरी बोटदेखि जुगुगाउँ हुँदै पनौती ९ खल्थली जोड्ने बाटो र तेस्रो हुने ठूलोदोबाटो गणेशस्थान जलेश्वर सडक स्तरोन्नती गर्ने उपभोक्ता समितिलाई नगरप्रमुख भीम न्यौपानेले सम्मान सम्मान गरेका थिए ।
पत्रकार सम्मान
त्यसैगरी नगरपालिकाले नगरका उत्कृष्ट सञ्चारकर्मी नागरिक दैनिकका काभ्रे प्रतिनिधि तथा वरिष्ठ पत्रकार मधुसुदन गुरागाईंलाई नगद रु पाँच हजारबाट सम्मान गरेकी छिन् । वरिष्ठ पत्रकार गुरागार्इंलाई नगर उप प्रमुख गीता बञ्जाराले सम्मान गरेकी थिईन् ।
एसइइमा राम्रो नतिजा ल्याउनेलाई सम्मान
कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईं र शिक्षा शाखा प्रमुख मधुसुदन अधिकारीबाट एसइइ परीक्षा २०७५ मा ए प्लस ग्रेड ल्याउने विद्यार्थीहरूलाई जनही दश हजार नगद सहित सम्मान गरिएको थियो । यसैगरी शिक्षा शाखा प्रमुख मधुसुदन अधिकारी र बरिष्ठ अधिकृत इन्द्रप्रसाद अधिकारीबाट एसइइ परीक्षा २०७५ मा ए ग्रेड ल्याउने विद्यार्थीहरूलाई जनही ३ हजार नगद सहित सम्मान गरिएको थियो ।
दलित विद्यार्थीलाई छात्राबृत्ति
यसैगरी दलित विपन्न छात्रवृत्ति माध्यमिक बाट प्रति विद्यालय ८र८ जना र आधारभूतबाट ६र६ जनालाई जनही १८ हजार प्रदान गरिएको थियो । यसैगरी एसइइ परीक्षा २०७५ मा सामुदायिक विद्यालयहरूबाट उत्कृष्ट हुने श्री कुशादेवी मा.वि. संस्थागतबाट श्री सूर्योदय माध्यमिक बोर्डिङ स्कुललाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।
त्यसैगरि सहकारीकर्मी दिपक थापा, पर्यटन क्षेत्रबाट कौशल्या मैनाली अमात्यलाई सम्मान गरिएको थियो । यसैगरी करदातामा संस्थातर्फ मल्पी इन्टरनेशनल स्कुल पनौनी, र व्यक्ति तर्फ सुशिल÷सुनिल सैजूलाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट स्वयंसेविका सन्चमाया तामाङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमा उपप्रमुख बञ्जारा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, कर्मचारीहरू तथा स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।