दोलखा । दोलखाको विगु गाउँपालिका वडा नम्बर १ लामाबगर स्थित बसपार्क माथि रहेको भिरबाट सुख्खा पहिरो खस्दा खसेको छ । सुख्खा पहिरोमा परि एक महिला गम्भिर घाईते भएकी छिन् भने १५ घरपरवार विस्थापित भएका छन् ।
गम्भिर घाइते हुनेमा स्थानीय अन्दाजी ५५।६० वर्षिया लाली तमाङ रहेकी छिन् । घाईते तमाङलाई प्रस्तावित चरिकोट अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी, प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिए ।
आज (शनिबार) विहान करिव १० बजे भिरमाथिबाट खसेको सुख्खा पहिरोले ७ घरमा पुर्ण रुपमा क्षेति पु¥याएको छ । पहिरोबाट ७ घरमा पुर्ण क्षति पुगेको छ । भीरमाथिबाट निरन्तर रुपमा ढुंगा माटो झरिरहेकाले १५ घरपरिवार विस्थापित भएको सशस्त्र प्रहरी बल दोलखाले जनाएको छ ।
पहिरो गएको सुचना लगत्तै माथिल्लो तामाकोशी जलविद्युत आयोजना सुरक्षा लामाबगरबाट सशस्त्र प्रहरी नायव निरिक्षक मेघ प्रसाद चौलागाईको कमाण्डमा घट्नास्थलमा खटिएका थिए । शसस्त्र प्रहरीको टोलीले विस्थापित भएकाहरुको उद्धार गरेको थियो ।
हेर्नुहोस् भिडियोः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















